काभ्रेमा आज थपिए २४० जना संक्रमित, १२६ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ माघ ११, मंगलबार मा प्रकाशित ७०१ पटक पढिएको
काभ्रेमा आज थपिए २४० जना संक्रमित, १२६ जना निको भए

माघ ११, काभ्रे। काभ्रेमा आज २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट १२७ तथा एन्टीजेन परिक्षणबाट ११३ जना गरी जम्मा २४० जनामा संक्रमण पुष्टि भएको हो।

आज जम्मा ४७८ जनामा गरिएको परिक्षण गरिएको थियो।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्।

बनेपा नगरपालिकामा ४९८ जना संक्रमित रहेका छन् भने धुलिखेलमा ४९३ जना, पनौतीमा २४१, नमोबुद्धमा ८८, पाँचखालमा ९१, मण्डनदेउपुरमा २१ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा ३१, भुम्लुमा ३८, रोशीमा २५, बेथानचोकमा १८, महाभारतमा १३ र तेमालमा १० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये ९ जना विभिन्न अस्पतालमा तथा १५५८ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस