एकैदिन थपिए १२ हजार ८ संक्रमित, ८ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ माघ ११, मंगलबार मा प्रकाशित ६३३ पटक पढिएको

एकैदिन थपिए १२ हजार ८ संक्रमित, ८ जनाको मृत्यु

माघ ११, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ र ७ हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४० जना कोरोनाबाट संक्रमणमुक्त भएकाछन् ।


प्रतिक्रिया दिनुहोस