काभ्रेमा आज थपिए १०७ जना संक्रमित, एक जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ माघ १२, बुधबार मा प्रकाशित ७५१ पटक पढिएको
काभ्रेमा आज थपिए १०७ जना संक्रमित, एक जनाको मृत्यु

माघ १२, काभ्रे। काभ्रेमा आज १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ४९ तथा एन्टीजेन परिक्षणबाट ५८ जना गरी जम्मा १०७ जनामा संक्रमण पुष्टि भएको हो।

काभ्रेमा आज कोरोना संक्रमण कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

आज जम्मा २०३ जनामा गरिएको परिक्षण गरिएको थियो।

आजै उपचार पछि २१८ जना निको भएका छन्।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ४५५ पुगेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्।

बनेपा नगरपालिकामा ४८६ जना संक्रमित रहेका छन् भने धुलिखेलमा ४१९ जना, पनौतीमा २५०, नमोबुद्धमा ६२, पाँचखालमा ९४, मण्डनदेउपुरमा २२ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा २३, भुम्लुमा ३७, रोशीमा २२, बेथानचोकमा १८, महाभारतमा १३ र तेमालमा ९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये १५ जना विभिन्न अस्पतालमा तथा १४४० जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस