काभ्रेको जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९, कुन पालिकाको जनसंख्या कति ?

नौलो समाचार संवाददाता
२०७८ माघ १२, बुधबार मा प्रकाशित १२४२ पटक पढिएको
काभ्रेको जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९, कुन पालिकाको जनसंख्या कति ?

माघ १२, काभ्रे। जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काभ्रेको कुल जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९ रहेको छ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा काभ्रेमा १ लाख ८० हजार ९ सय ६७ पुरुष र १ लाख ८५ हजार ९ सय १२ महिला रहेका छन् ।

जनगणना २०७८ को तथ्याङ्क अनुसार काभ्रेको जनसंख्या ०.३९ प्रतिशतले घटेको छ। यसअघि २०६८ सालमा जिल्लाको जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ रहेको थियो।

तथ्याङ्क अनुसार काभ्रेको परिवारसंख्या ९३ हजार १ सय ८९ रहेको छ। यस्तै १९ हजार ५ सय ७६ नजसंख्या अनुपस्थित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।

जनगणना २०७८ मा जिल्लामा ८३ हजार ९ सय ३२ घर संख्या कायम भएका छन् । जबकी भुकम्पको राहत लिनेहरुको संख्या ९० हजार भन्दा धेरै घर धुरी रहेको छ ।

कुन पालिकाको जनसंख्या कति ?

तथ्याङ्क विभागले सार्वजनिक गरेको जिल्लाका १३ वटा स्थानीय तहहरुको तथ्याङ्क अनुसार सबै भन्दा धेरै बनेपा नगरपालिकाको जनसंंख्या ६७ हजार ६ सय २९ रहेको छ । जसमा पुरुष ३३ हजार १ सय ८० पुरुष र ३४ हजार ४ सय ४९ महिला रहेका छन् । १२ हजार ५ सय ४५ घरसंख्यामा १६ हजार ९ सय ७३ परिवार संख्या रहेको छ । २०६८ सालमा बनेपा नगरपालिकामा ५५ हजार ६ सय २८ जनसंख्या रहेको थियो।

त्यस्तै पनौतीको जनसंख्या ५२ हजार ७८ पुगेको छ । पनौती दोश्रो भएको छ । जसमा २५ हजार ४ सय ५७ पुरुष र २६ हजार ६ सय २१ महिला रहेका छन् । ११ हजार ५ सय ५५ घर संख्यामा १२ हजार ९ सय ८६ परिवार रहेका छन् । २०६८ सालमा ४६ हजार ५ सय ९५ जनसंख्या रहेको थियो । पनौतीमा ५ हजार ४ सय ८३ थप भएको छ ।

धुलिखेल नगरपालिका तेश्रो भएको छ । धुलिखेलमा ३६ हजार १ सय ८३ जनसंख्या रहेको छ । जसमा १८ हजार ५ सय पुरुष र १७ हजार ६ सय ८२ महिला रहेका छन् । ७३ सय ९ घर संख्यामा ८ हजार ८ सय ८ घर परिवार रहेका छन् । २०६८ सालमा ३२ हजार १ सय ६२ जनसंख्या रहेको थियो । ४ हजार २१ जना धुलिखेलमा थप भएका छन् ।

पाँचखाल नगरपालिकामा ३५ हजार ९ सय ९२ जनसंख्या रहेको छ । जसमा पुरुष १७ हजार ४ सय ७१ रहेका छन् भने महिला १८ हजार ५ सय २१ रहेका छन् । ८ हजार ७ सय ८३ घर संंख्यामा ९ हजार २ सय ९५ घर परिवार रहेका छन् । २०६८ सालमा ३७ हजार ९ सय ९७ रहेको थियो । पाँचखालमा २ हजार ५ जना घटेका छन् ।

मण्डनदेउपुर नगरपालिकामा ३१ हजार २ सय ६१ रहेको छ । १५ हजार ३ सय ३५ पुरुष र १५ हजार ९ सय २६ महिला रहेका छन् । ७ हजार ८ सय ६१ घर संख्यामा ८ हजार २ सय २० परिवार संख्या रहेको छ । २०६८ सालमा ३२ हजार ६ सय ५९ जनसंख्या रहेको थियो । १ हजार ३ सय ९८ घटेको छ ।

नमोबुद्ध नगरपालिकामा २६ हजार २ सय ८० जनसंख्या रहेको छ । १२ हजार ५ सय ७९ पुरुष र १३ हजार ७ सय १ महिला रहेका छन् । ६ हजार ९ सय ८८ घर परिवार संख्यामा ७ हजार ४ सय ६ रहेको छ । नमोबुद्धमा २०६८ सालमा २९ हजार ५ सय १९ रहेको थियो । झण्डै ४ हजार जनसंख्या घटेको छ ।

बेथान्चोक गाउँपालिकामा १४ हजार ९ सय ९६ पुगेको छ । जसमा ७ हजार २ सय २९ पुरुष र ७ हजार ७ सय ६७ महिला छन् । भुम्लु गाउँपालिकामा १५ हजार ८ सय ५८ जनसंख्या रहेको छ । जसमा ७ हजार ६ सय ७ पुरुष र ८ हजार २ सय ५१ महिला रहेका छन् । चौरीदेउराली गाउँपालिकामा १४ हजार १ सय ६ जनसंख्या रहेको छ ।

जसमा ६ हजार ६ सय ६८ पुरुष र ७ हजार ४ सय ३८ महिला रहेका छन् । खानीखोलामा १२ हजार ३ सय ७५ जनसंख्या रहेको छ । जसमा ६ हजार १ सय ३१ पुरुष र ६ हजार २ सय ४४ महिला रहेका छन् । महाभारत गाउँपालिकामा १६ हजार १ सय ४८ रहेको छ । जसमा ७ हजार ९ सय ३३ पुरुष र ८ हजार २ सय १५ महिला रहेका छन् ।

रोशी गाउँपालिकामा २३ हजार ५ सय ११ जनसंख्या रहेको छ । जसमा पुरुष ११ हजार ४ सय ५८ र महिला १२ हजार ९३ जना रहेका छन् । तेमाल गाउँपालिकामा १६ हजार ९ सय ५९ जनसंख्या रहेको छ । जसमा पुरुष ८ हजार १ सय ९७ रहेको छ भने महिला ८ हजार ७ सय ६२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस