एकैदिन कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ८ हजार १७ संक्रमित

नौलो समाचार संवाददाता
२०७८ माघ १३, बिहिबार मा प्रकाशित ५०५ पटक पढिएको

एकैदिन कोरोना संक्रमणबाट १५ जनाको मृत्यु, ८ हजार १७ संक्रमित

माघ १३, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट १५ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ जना पुगेको जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ९० हजार ५७६ जना कोरोनाका सक्रिय संक्रमित छन् ।


प्रतिक्रिया दिनुहोस