काभ्रेमा आज एकै दिन ३२१ जना निको भए, १४६ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ माघ १३, बिहिबार मा प्रकाशित ६०२ पटक पढिएको
काभ्रेमा आज एकै दिन ३२१ जना निको भए, १४६ संक्रमित थपिए

माघ १३, काभ्रे। काभ्रेमा आज १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट १०१ तथा एन्टीजेन परिक्षणबाट ४५ जना गरी जम्मा १४६ जनामा संक्रमण पुष्टि भएको हो।

काभ्रेमा आज एकै दिन ३२१ जना संक्रमितले कोरोना जितेका छन् । निको हुनेको संख्या आज ह्वात्तै बढेको छ।

आज जम्मा २६४ जनामा गरिएको परिक्षण गरिएको थियो।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २८० रहेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्।

बनेपा नगरपालिकामा ४१६ जना संक्रमित रहेका छन् भने धुलिखेलमा ३६२ जना, पनौतीमा २३५, नमोबुद्धमा ५२, पाँचखालमा ९०, मण्डनदेउपुरमा १८ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा २०, भुम्लुमा ३०, रोशीमा २३, बेथानचोकमा १८, महाभारतमा ९ र तेमालमा ७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये १७ जना विभिन्न अस्पतालमा तथा १२६३ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस