दोलालघाटबाट हराएकी सिर्जनाको शव सिन्धुलीमा फेला, माधवको अवस्था भने अज्ञात

नौलो समाचार संवाददाता
२०७८ माघ १३, बिहिबार मा प्रकाशित १०४२ पटक पढिएको

दोलालघाटबाट हराएकी सिर्जनाको शव सिन्धुलीमा फेला, माधवको अवस्था भने अज्ञात

माघ १३, काभ्रे। काभ्रेको दोलालघाटबाट हराएकी नमोबुद्ध नगरपालिका ५ कि सिर्जना भण्डारी कोइराला मृत अवस्थामा फेला परेकी छन्।

उनको शव आज सिन्धुली जिल्लाको झाँगाझोलीमा फेला परेको हो। स्थानीयबासीले एक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सिन्धुली प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई यसबारे जानकारी गराएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी हरि खतिवडाका अनुसार सिर्जनाका श्रीमानले उक्त शव आफ्नी पत्नीको भएको भनी सनाखत गरेका छन्। अहिले शवलाई पोस्टमार्टमका लागि धुलिखेल ल्याइदैछ।

पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइराला रहस्यमय ढंगले हराएका थिए।

माधव फुयाँलको अवस्था भने अझै अज्ञात रहेको र उनको पनि खोजि कार्य भैरहेको प्रहरीले जनाएको छ।

माधव यही माघ २ गते र सिर्जना माघ ३ गतेबाट घरबाट हराएका थिए । गत शुक्रबार भुम्लु गाउँपालिका ८ स्थित इन्द्रावती र सुनकोशी नदि दोभानको बगरमा ढुंगामाथि कालो जेन्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगका जुत्ता, कालो लेडिज र जेन्स पर्स लगायतका सामग्री भेटिएको थियो।

यी सामान भेटिएसँगै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती सामग्री माधव र सिर्जनाको रहेको पुष्टि भएको जनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस