सार्वजनिक सवारीमा चाप बढेपछि हटाईयो जोर बिजोर प्रणाली, निजिलाई भने कायमै

माघ मसान्तसम्म विद्यालय बन्द 
नौलो समाचार संवाददाता
२०७८ माघ १४, शुक्रबार मा प्रकाशित ७२८ पटक पढिएको

सार्वजनिक सवारीमा चाप बढेपछि हटाईयो जोर बिजोर प्रणाली, निजिलाई भने कायमै

माघ १४, काठमाडौं। कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले उपत्यकामा ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा लगाएको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।

सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।

माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीमा भने जोर–बिजोर प्रणाली कायमै रहनेछन् ।

माघ मसान्तसम्म विद्यालय बन्द 

यस्तै बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

सीसीएमसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न समेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको हो । विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि बैठकले गरेको छ ।

साथै, खोप केन्द्रहरुलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस