काभ्रेमा आज २५१ संक्रमित निको हुदा, ८६ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ माघ १४, शुक्रबार मा प्रकाशित ५४१ पटक पढिएको
काभ्रेमा आज २५१ संक्रमित निको हुदा, ८६ संक्रमित थपिए

माघ १४, काभ्रे। काभ्रेमा आज ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ६१ तथा एन्टीजेन परिक्षणबाट २५ जना गरी जम्मा ८६ जनामा संक्रमण पुष्टि भएको हो।

आज जम्मा १६४ जनामा गरिएको परिक्षण गरिएको थियो। परिक्षणको संख्या कम भए संगै संक्रमितको संख्या पनि केहि कम देकिएको छ।

काभ्रेमा आज एकै दिन २५१ जना संक्रमितले कोरोना जितेका छन्। संक्रमितको भन्दा निको हुनेको संख्या निरन्तर बढिरहेको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ११५ रहेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्।

बनेपा नगरपालिकामा ३५४ जना संक्रमित रहेका छन् भने धुलिखेलमा ३२३ जना, पनौतीमा २०४, नमोबुद्धमा ३५, पाँचखालमा ८१, मण्डनदेउपुरमा १८ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा १९, भुम्लुमा २७, रोशीमा २४, बेथानचोकमा १८, महाभारतमा ६ र तेमालमा ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये २३ जना विभिन्न अस्पतालमा तथा १०९२ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस