माघ २१ गतेसम्म प्रशासन कार्यालय काभ्रेको सेवा प्रवाह बन्द

नौलो समाचार संवाददाता
२०७८ माघ १४, शुक्रबार मा प्रकाशित ९३६ पटक पढिएको
माघ २१ गतेसम्म प्रशासन कार्यालय काभ्रेको सेवा प्रवाह बन्द

माघ १४, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले आफ्नो सेवा प्रवाह माघ २१ गतेसम्म स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण कर्मचारीमा देखिएको र केही कर्मचारी कोभिड लागेर होम आईसोलेसनमा रहेका कारण २१ गतेसम्म सेवा स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारद्वारा जारी सुचनामा जनाईएको छ।

अत्यावश्यक सेवा शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र ईमरजेन्सी राहदानी बाहेक अन्य सबै सेवा बन्द गरिएको सूचनामा जनाईएको छ।

अर्को सूचना जारी नभएसम्मको लागी नयाँ नागरिकता वितरण, प्रतिलिपि नागरिकता वितरण,संघसंस्था तथा हात हतियार सम्बन्धि कार्यहरु, नाबालक परिचय पत्र, राहदानी, राष्ट्रिय परिचय पत्र लगायतका कार्यहरु बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस