परिक्षण कम भएसंगे काभ्रेमा संक्रमितको संख्या घट्यो, आज १८४ निको भए

नौलो समाचार संवाददाता
२०७८ माघ १५, शनिबार मा प्रकाशित ७७० पटक पढिएको
परिक्षण कम भएसंगे काभ्रेमा संक्रमितको संख्या घट्यो, आज १८४ निको भए

माघ १५, काभ्रे। काभ्रेमा आज ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ४४ तथा एन्टीजेन परिक्षणबाट १३ जना गरी जम्मा ५७ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना कोभिड-१९ परिक्षणको संख्या कम भए संगै संक्रमितको संख्या पनि केहि कम देखिएको हो। आज जम्मा ९७ जनामा कोभिड परिक्षण गरिएको थियो।

यस्तै काभ्रेमा आज एकै दिन १८४ जना संक्रमितले कोरोना जितेका छन्। संक्रमितको भन्दा निको हुनेको संख्या निरन्तर बढिरहेको छ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९८८मा झरेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्।

बनेपा नगरपालिकामा ३०० जना संक्रमित रहेका छन् भने धुलिखेलमा २८७ जना, पनौतीमा १८१, नमोबुद्धमा ३४, पाँचखालमा ७५, मण्डनदेउपुरमा २४ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै चौँरीदेउराली गाउँपालिकामा १५, भुम्लुमा २३, रोशीमा २४, बेथानचोकमा १४, महाभारतमा ६ र तेमालमा ५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये २३ जना विभिन्न अस्पतालमा तथा ९६५ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस