१७ गतेदेखि पनौतीका १२ वटै वडामा बालबालिकाहरुलाई कोभिड बिरुद्धको खोप लगाईने

नौलो समाचार संवाददाता
२०७८ माघ १५, शनिबार मा प्रकाशित ८१५ पटक पढिएको
१७ गतेदेखि पनौतीका १२ वटै वडामा बालबालिकाहरुलाई कोभिड बिरुद्धको खोप लगाईने

माघ १५, काभ्रे। पनौती नगरपालिकाको १२ वटै वडामा बालबालिकाहरुको लागि कोभिड बिरुद्धको खोप लगाईने भएको छ। नगरपालिकाद्वारा जारी सूचनामा १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुको कोभिड बिरुद्धको मोडर्ना (MODERNA) खोप लगाउने उल्लेख गरिएको छ।

यहि माघ १७ गतेदेखि २० गतेसम्म आफु अध्ययन गरिरहेको विद्यालयमा गई खोप लगाउन नगरपालिकाले अनुरोध गरेको छ।

खोप कार्यक्रम नगरका सबै वडाहरुमा तोकिएका विभिन्न स्वास्थ्य चौकीहरु मार्फत वडाका विभिन्न विद्यालयहरुमा हुदैछ।

खोप लगाउन जादा पूर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै अनिवार्य मास्क लगाउन भनिएको छ।

थप जानकारीको लागि आफ्नो नजिकको स्वास्थ्य चौकीमा सूचनामा दिईएको सम्पर्क व्यक्तिलाई फोन सम्पर्क गरेर जानकारी निना सकिने छ।

नगरपालिकाद्वारा जारी सूचना :


प्रतिक्रिया दिनुहोस