मूल्यवृद्धि विरोधमा बनेपामा युवा संघको मसाल सहित विरोध प्रर्दशन

नौलो समाचार संवाददाता
२०७८ माघ १७, सोमबार मा प्रकाशित ५५६ पटक पढिएको
मूल्यवृद्धि विरोधमा बनेपामा युवा संघको मसाल सहित विरोध प्रर्दशन

माघ १७, काभ्रे। मूल्यवृद्धि विरुद्ध बनेपामा मसाल सहित विरोध प्रर्दशन गरिएको छ । युवा संघ काभ्रेले बनेपामा आज साँझ मसाल सहित विरोध प्रर्दशन गरेका हुन् ।

युवा संघका कार्यकर्ताले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै सरकार विरुद्ध नारा लगाएका छन्।

बनेपाको चारदोबाटोमा जम्मा भएका उनीहरुले मसाल सहित मूल्यवृद्धि विरुद्धको आन्दोलन नरोकिने बताएका छन्।

उनीहरुले समयमै स्थानीय तहको चुनाव गर्नुपर्ने माग राख्नुको राख्नुको साथै खोपको अनियमितताको आरोप पनि लगाएका थिए ।


प्रतिक्रिया दिनुहोस