काभ्रेमा सक्रिय संक्रमितको संख्या घट्यो, आज १२२ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ माघ १८, मंगलबार मा प्रकाशित ६१० पटक पढिएको

काभ्रेमा सक्रिय संक्रमितको संख्या घट्यो, आज १२२ जना निको भए

माघ १८, काभ्रे। काभ्रेमा आज ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ४० तथा एन्टीजेन परिक्षणबाट २३ जना गरी जम्मा ६३ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना कोभिड-१९ लाई जित्त्दै निको हुनेको संख्या बढे संगै सक्रिय संक्रमितको संख्या पनि केहि कम देखिएको हो। आज जम्मा १२६ जनामा कोभिड परिक्षण गरिएको थियो।

यस्तै काभ्रेमा आज एकै दिन १२२ जना संक्रमितले कोरोना जितेका छन्।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९०७ जनामा झरेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्।

बनेपा नगरपालिकामा २७६ जना संक्रमित रहेका छन् भने धुलिखेलमा २४४ जना, पनौतीमा १८१, पाँचखालमा ७५, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा २० जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै भुम्लुमा गाउँपालिकामा १४, चौँरीदेउरालीमा १७, रोशीमा १७, बेथानचोकमा १७, महाभारतमा ५ र तेमालमा ६, खानीखोलामा १ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये २३ जना विभिन्न अस्पतालमा तथा ८८४ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।


प्रतिक्रिया दिनुहोस