धुलिखेल जेसीज बर्ष २०२२ को लागि अध्यक्षमा प्रविण निर्वाचित

नौलो समाचार संवाददाता
२०७८ माघ १९, बुधबार मा प्रकाशित ८०९ पटक पढिएको
धुलिखेल जेसीज बर्ष २०२२ को लागि अध्यक्षमा प्रविण निर्वाचित

माघ १९, काभ्रे। धुलिखेल जेसीज बर्ष २०२२ को लागि अध्यक्षमा प्रविण सापकोटा निर्वाचित हुनुभएको छ।

कार्यकारिणी उपाध्यक्षमा सुवास सापकोटा र शोहिल थापा, उपाध्यक्षमा आर्यन व्याञ्जु, आयुष सापकोटा, अभानीश्वर कार्की, रोशन बजगाई, महासचिवमा अनुप लामिछाने, कानुनी सल्लाहकारमा जयोज नरसिंहजु, कोषाध्यक्षमा मनिष माकजु, सहसचिवमा मनिष कोजु श्रेष्ठ, ट्रेनिङ कोअर्डिनेटरमा रोशन हुमागाई तथा थिम डाईरेक्टरमा शौरभ सिग्देल निर्वाचित भएका हुन् ।

पदस्थापन कार्यक्रममा धुलिखेल जेसीज बर्ष २०२१ का अध्यक्ष दिपेश योगलले बर्ष २०२२ का अध्यक्ष प्रविन सापकोटालाई अध्यक्षीय माला हस्तान्तरण गर्नुभएको थियो। योगलले नवनिर्वाचित अध्यक्ष सापकोटालाई सपथ खुवाउनुभएको थियो। यस्तै नवनिर्वाचित अध्यक्ष सापकोटाले बोर्डका अन्य पदाधिकारी, सदस्यलाई सपथ खुवाउनुभएको थियो।

कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष एवं पूर्व राजदुत महेश दाहाल, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रमा प्याकुरेल लगायतले जेसीज अभियानबारे चर्चा गरेका गर्नुभएको थियो।

सोहि अवसरमा धुलिखेल जुनीयर जेसीजको समेत पदस्थापना गरिएको थियो । बर्ष २०२२ को लागि सुयेश भुखजुको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।


प्रतिक्रिया दिनुहोस