लागू औषध मुद्धामा फरार रहेका काभ्रे रोशीका सन्त बहादुर ७ वर्षपछि पक्राउ, धुलिखेलका २ जना पनि समातिए

नौलो समाचार संवाददाता
२०७८ माघ २०, बिहिबार मा प्रकाशित ७३७ पटक पढिएको
लागू औषध मुद्धामा फरार रहेका काभ्रे रोशीका सन्त बहादुर ७ वर्षपछि पक्राउ, धुलिखेलका २ जना पनि समातिए

माघ २०, काभ्रे। काभ्रे जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ३ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिकाका २ जना र १ जना रोशी गाउँपालिकाका रहेका छन् ।

लागू औषध मुद्धामा फरार रहेका रोशी गाउँपालिका वडा नं ११ का सन्तोष भन्ने सन्त बहादुर रुचाल मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। कैद तथा जरीवाना ठहर भई फरार रहेका मगरलाई ७ वर्षपछी पक्राउ गर्न प्रहरी सफल भएको हो।

उनलाई लागू औषध मुद्धामा जिल्ला अदाल भक्तपुरले २०७१ फाल्गुण १९ गते १ वर्ष ९ महिना ६ दिन कैद र १ लाख रुपैँया जरिवाना सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलापश्चात फरार भएका सन्त बहादुर प्रहरीले माघ १८ गते बनेपाबाट पक्राउ गरेको कार्यालयका सूचना अधिकारी खतिवडाले बताउनुभयो।

त्यस्तै धुलिखेल नगरपालिका वडा नम्बर २ रविओपीका २८ बर्षीय मिलन भन्ने दिल बहादुर तामाङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालत काभ्रेले २०७६ साल माघ ८ गते र २०७२ साल माघ २ गते चोरी/केहि सार्वजनिक अपराध मुद्दामा २ महिना ११ दिन कैद र १ हजार रूपियाँ नगद जरिवानाको फैसला सुनाएको थियो।

त्यसैगरि धुलिखेल नगरपालिका वडा नम्बर ६ चोच्छेटोल घर भएका ३५ बर्षीय सुमन कर्मचार्यलाई पनि पक्राउ परेका छन्। जालसाजी मुद्दामा जिल्ला अदालत काभ्रेले २०७६ साल पुस २३ गते १० हजार जरिवाना फैसला सुनाएको थियो।

जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी एवं विधिको शासन स्थापित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेले प्राथमिकतामा राखेर फरार प्रतिवादीहरू धमाधम पक्राउ भैरहेका छन् ।


प्रतिक्रिया दिनुहोस