काभ्रेमा आज १०६ जना कोरोना मुक्त, २१ नयाँ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ माघ २०, बिहिबार मा प्रकाशित ४२२ पटक पढिएको
काभ्रेमा आज १०६ जना कोरोना मुक्त, २१ नयाँ संक्रमित थपिए

माघ २०, काभ्रे। काभ्रेमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट ९ तथा एन्टीजेन परिक्षणबाट १२ जना गरी जम्मा २१ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना कोभिड-१९ लाई जित्त्दै निको हुनेको संख्या बढे संगै सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। आज जम्मा ८२ जनामा कोभिड परिक्षण गरिएको थियो।

यस्तै काभ्रेमा आज एकै दिन १०६ जना संक्रमितले कोरोना जितेका छन्।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५३५ जनामा झरेको छ। सबैभन्दा बढी सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्।

धुलिखेल नगरपालिकामा १६६ जना संक्रमित रहेका छन् भने बनेपामा १५० जना, पनौतीमा १११, पाँचखालमा ३४, नमोबुद्धमा ८, मण्डनदेउपुरमा १२ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै भुम्लुमा गाउँपालिकामा १५, चौँरीदेउरालीमा १०, रोशीमा ११, बेथानचोकमा ९, महाभारतमा ४, तेमालमा ३ र खानीखोलामा २ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये २९ जना विभिन्न अस्पतालमा तथा ५०६ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस