काभ्रेको बेथानचोकमा रातीदेखि नै हिउँ पर्यो

नौलो समाचार संवाददाता
२०७८ माघ २१, शुक्रबार मा प्रकाशित ८८८ पटक पढिएको

काभ्रेको बेथानचोकमा रातीदेखि नै हिउँ पर्यो

माघ २१, काभ्रे। गएरातिदेखिको निरन्तर वर्षासँगै काभ्रेको उच्च पहाडी भूभाग बेथानचोक नारायणस्थानमा हिमपात सुरु भएको छ।

बेथानचोकमा यो बर्षको दोस्रो पटक हिउँ परेको हो ।

उक्त क्षेत्रमा अनुसार बिहानै रातीदेखि हिउँ पर्न सुरू गरेको हो।

हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तिहरु र बेथानचोक नारायणस्थान, गजराम पर्वत जस्ता उच्च भेगमा व्यापक हिमपात भएको छ ।

बस्तीमा बिहान ३ बजेदेखि हिँउ पर्न सुरु गरेको थियो । ५ बजे पछी केहि समय रोकिएको र अहिले फेरी पर्न सुरु भएको पर्यटन ब्यवसायी कमल प्रसाद नेपालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस