काभ्रे प्रशासनले भन्यो: खोप कार्ड लिएर ‘बार’ अनुसार सेवा लिन आउनुस

नौलो समाचार संवाददाता
२०७८ माघ २१, शुक्रबार मा प्रकाशित १०८३ पटक पढिएको
काभ्रे प्रशासनले भन्यो: खोप कार्ड लिएर ‘बार’ अनुसार सेवा लिन आउनुस

माघ २१, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले स्थगित गरेका सेवाहरु सुचारु गर्ने भएको छ। कार्यालले आज एक सूचना जारी गदै यहि माघ २३ गतेबाट आलोपालो प्रणालीमा बार अनुसार सेवा सुचारु गर्ने जनाएको छ।

कोभिड-१९ संक्रमणदर बढेको र कर्मचारीमा समेत संक्रमण देखिएको भन्दै प्रशासन कार्यालयले माघ १६ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा आज २१ सम्मका लागी बन्द गरेको थियो। अत्यावश्यक सेवा शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र ईमरजेन्सी राहदानी बाहेक अन्य सबै सेवा २३ गतेबाट सेवा सुचारु हुनेछ।

जिल्लका १२ वटै पालिका मध्ये आ-आफ्नो पालिकाको बार अनुसार प्रशासन कार्यालयको सेवा लिन आम नागरिक समक्ष सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले आग्रह गर्नुभएको छ।

धुलिखेल नगरपालिका र रोशी गाउँपालिकालाई आईतबार सेवा प्रवाह गरिने छ भने बनेपा नगरपालिका र चौंरीदेउराली गाउँपालिकाको लागी सोमबार छुट्टयाइएको छ। यस्तै, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाको लागी मंगलबार, पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकाको लागी बुधबार, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाको लागी बिहिबार तथा नमोबुद्ध नगरपालिका र खानीखोला गाउँपालिकाको लागी शुक्रबार सेवा दिने तालिका जारी सूचनामा उल्लेख गरिएको छ।

यधपी, महाभारत गाउँपालिकाका नागरीकका लागे भने ईलाका प्रशासन कार्यालय देबीटारबाट सेवा प्रवाह गरिने उल्लेख छ।

कोभिड-१९ संक्रमणदर बढिरहेकाले सेवा लिन आउदा अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी खोप कार्ड, अथवा फोटोकपी वा त्यो नभए आफ्नो फोनमा  खोप कार्डको फोटो लिएर आउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना:-

 

प्रतिक्रिया दिनुहोस