काभ्रेमा आज १४६ जना कोरोना मुक्त, १४ नयाँ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ माघ २१, शुक्रबार मा प्रकाशित ४५९ पटक पढिएको
काभ्रेमा आज १४६ जना कोरोना मुक्त, १४ नयाँ संक्रमित थपिए

माघ २१, काभ्रे। काभ्रेमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट १० तथा एन्टीजेन परिक्षणबाट ४ जना गरी जम्मा १४ जनामा संक्रमण पुष्टि भएको हो।

कोरोना कोभिड-१९ लाई जित्त्दै निको हुनेको संख्या बढेसंगै सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। आज जम्मा ४८ जनामा कोभिड परिक्षण गरिएको थियो।

यस्तै काभ्रेमा आज एकै दिन १४६ जना संक्रमितले कोरोना जितेका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४०३ जनामा झरेको छ।

सबैभन्दा बढी सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्।

धुलिखेल नगरपालिकामा १२६ जना संक्रमित रहेका छन् भने बनेपामा ११८ जना, पनौतीमा ८१, पाँचखालमा २३, नमोबुद्धमा ६, मण्डनदेउपुरमा ११ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै भुम्लुमा गाउँपालिकामा ११, चौँरीदेउरालीमा ६, रोशीमा ८, बेथानचोकमा ५, महाभारतमा ३, तेमालमा ३ र खानीखोलामा २ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये २९ जना विभिन्न अस्पतालमा तथा ३७४ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस