नेपालमा कोरोना संक्रमण दर घटेपनि, मृत्यु दर बढ्यो, आज १६ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ माघ २१, शुक्रबार मा प्रकाशित ५४८ पटक पढिएको
नेपालमा कोरोना संक्रमण दर घटेपनि, मृत्यु दर बढ्यो, आज १६ जनाको मृत्यु

माघ २१, काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा २ हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा नमुना परीक्षण गर्दा २ हजार ५२६ संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या घट्दै गए पनि मृत्यु दर भने केहि दिन यता बढ्न थालेको देखिएको छ। हिजो १४ जनाको मृत्यु भएको थियो।

त्यस्तै, पछिलो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संया ११ हजार ७९४ पुगेको छ ।

शुक्रबार ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार २४५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस