काभ्रेमा आज कोरोना परिक्षण भएन, निको हुनेको संख्या भने ८६

नौलो समाचार संवाददाता
२०७८ माघ २२, शनिबार मा प्रकाशित ७१७ पटक पढिएको
काभ्रेमा आज कोरोना परिक्षण भएन, निको हुनेको संख्या भने ८६

माघ २२, काभ्रे। काभ्रेमा आज कोरोना संक्रमण पुष्टि शुन्यरहेको छ।  जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कुनै पनि व्यक्तिमा कोभिड-१९ परिक्षण नगरिएपछी आजको संक्रमितको संख्या शुन्य रहेको छ।

संक्रमितको संख्या कम भएसंगै कोरोनालाई जित्त्दै निको हुनेको संख्या भने बढ्दै गएको छ।

यस्तै काभ्रेमा आज ८६ जना संक्रमितले कोरोना जितेका छन्। योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३१७ जनामा झरेको छ।

धुलिखेल नगरपालिकामा ९१ जना संक्रमित रहेका छन् भने बनेपामा ९६ जना, पनौतीमा ६८, पाँचखालमा १६, नमोबुद्धमा ६, मण्डनदेउपुरमा ८ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै भुम्लुमा गाउँपालिकामा ११, चौँरीदेउरालीमा ३, रोशीमा ७, बेथानचोकमा ४, महाभारतमा २, तेमालमा ३ र खानीखोलामा २ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये २९ जना विभिन्न अस्पतालमा तथा २८८ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस