फागुन १ देखि विद्यालय खोल्न सिफारिस

नौलो समाचार संवाददाता
२०७८ माघ २३, आईतबार मा प्रकाशित ८९३ पटक पढिएको
फागुन १ देखि विद्यालय खोल्न सिफारिस

माघ २३, काभ्रे। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गराउन सिफारिस गरेको छ। आइतबार बसेको बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताउनुभयो।

सीसीएमसीसीकी प्रवक्ता नेपालका अनुसार १२ वर्ष पूरा भएका बालबालिकाले स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन पाउँछन् भने १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने गरी सिफारिस गरेको हो।

यसअघि कोरोना संक्रमण तीव्र रुपमा बढेको भन्दै गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो तर माघ १४ गते बसेको सीसीएमसीसीको बैठकले उक्त निर्णयलाई माघ मसान्तसम्म निरन्तरता दिन सिफारिस गरेको थियो।

कोरोना महामारीको जोखिम उतिकै रहेको भन्दै माघ मसान्तसम्म भौतिक उपस्थितिमा पढाइ सञ्चालन नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। कक्षाा सञ्चालन नभए पनि माघ १५ गतेदेखि २० गतेसम्म बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरू खुला गरिएको थियो।

प्रतिक्रिया दिनुहोस