काभ्रेमा सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै, आज ३० जना थपिदा ६० निको भए

नौलो समाचार संवाददाता
२०७८ माघ २४, सोमबार मा प्रकाशित ३८८ पटक पढिएको
काभ्रेमा सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै, आज ३० जना थपिदा ६० निको भए

माघ २४, काभ्रे। काभ्रेमा आज ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बितेको २४ घण्टामा पिसिआर परिक्षणबाट २४ तथा एन्टीजेन परिक्षणबाट ६ जना गरी जम्मा ३० जनामा संक्रमण पुष्टि भएको हो।

आज जम्मा १०१ जनामा कोभिड परिक्षण गरिएको थियो।

कोरोना कोभिड-१९ लाई जित्त्दै निको हुनेको संख्या बढेसंगै सक्रिय संक्रमितको संख्या घट्दै गएको छ। काभ्रेमा आज एकै दिन ६० जना संक्रमितले कोरोना जितेका छन्।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २६४ जनामा झरेको छ।

धुलिखेल नगरपालिकामा ७४ जना संक्रमित रहेका छन् भने बनेपामा ८४ जना, पनौतीमा ५१, पाँचखालमा ११, नमोबुद्धमा ११, मण्डनदेउपुरमा ३ जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै भुम्लुमा गाउँपालिकामा १०, चौँरीदेउरालीमा १, रोशीमा ५, बेथानचोकमा ७, महाभारतमा १ , तेमालमा ४ र खानीखोलामा २ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

संक्रमित मध्ये २९ जना विभिन्न अस्पतालमा तथा २०५ जना ओम अईसोलेसंमा रही उपचार गराईरहेका छन्।

प्रतिक्रिया दिनुहोस