जालसाजी मुद्दामा फरार रहेका धुलिखेलका ४ जना १० वर्ष पछि पक्राउ

नौलो समाचार संवाददाता
२०७८ माघ २५, मंगलबार मा प्रकाशित ७७९ पटक पढिएको
जालसाजी मुद्दामा फरार रहेका धुलिखेलका ४ जना १० वर्ष पछि पक्राउ

माघ २५, काभ्रे। जालसाजी मुद्दामा फरार रहेका ४ जनालाई काभ्रे प्रहरीले १० वर्ष पछि पक्राउ गरेको छ। जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ४ जनालाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले आज पक्राउ गर्न सफल भएको हो।

उनीहरु सबैजनालाई बनेपा नगरपालिका वडा नम्बर ५ बाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर ४ का ६९ वर्षिय बुद्धीलाल खड्गी, ३८ वर्षिय प्रकाश खड्गी, ४२ वर्षिय विकाश खड्गी र ४५ वर्षिय दिल लक्ष्मी खड्गी रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

उनीहरुलाई काभ्रे जिल्ला अदालतले २०६८ फाल्गुन ४ गते जालसाजी शिर्षक मुद्धामा कैद तथा जरीवाना सजायको फैसला सुनाएको थियो ।

फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी फैसला कार्यन्वयन गर्न, दण्डहिनताको अन्त्य र कानूनी तथा विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

पक्राउ परेका चारै जनालाई आजै फैसला कार्यन्वयनको लागि काभ्रे जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी एवं प्रवक्ता हरि खतिवडाले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस