पनौतीका साहित्य सर्जक ध्रुबकृष्ण ताम्राकारको कथा संग्रह ‘मिराज’ लोकार्पण

नौलो समाचार संवाददाता
२०७८ फागुन ३, मंगलबार मा प्रकाशित ८२४ पटक पढिएको
पनौतीका साहित्य सर्जक ध्रुबकृष्ण ताम्राकारको कथा संग्रह ‘मिराज’ लोकार्पण

फागुन ३, काभ्रे। पनौतीका साहित्य सर्जक ध्रुबकृष्ण ताम्राकारको कथा संग्रह ‘मिराज’ लोकार्पण गरिएको छ। आज पनौतीमा एक कार्यक्रमकाविच ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यको प्रमुख आतिथ्यमा ‘मिराज’ कथा संग्रहको बिमोचन गरिएको हो।

कार्यक्रममा कथाकार ताम्राकारलाइ बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि कर्माचार्यले सामाजिक, व्यवहारिक र घरघरका घटना क्रममा आधारित रहेर कथाहरु लेख्नुभएको खुशी प्रकट गर्नुभयो। आफु काठमाडौंबासी भएपनि पनौती आफुहरुको पुख्र्यौली थलो रहेको उल्लेख गर्दै आफुलाई आयोजक अक्षरमार्गले सम्झेर बारम्बार बोलाउने गरेको भन्दै आभार प्रकट गर्नुभयो।

प्रमुख अतिथि के के कर्माचार्यले पनौतीको फोटोलाई हुलाक टिकटमा प्रकाशित गरी पनौतीको प्रचार-प्रसारमा ठुलो भूमिका खेल्नुभएको छ।

यस्तै, कार्यक्रमका सभापति पनौतीका प्रसिद्ध साहित्यकार सूर्यप्रसाद लाकोजूले सर्जक ताम्राकार कथा संगै गीत, कबिताका विधामा पनि कलम चलाउने साहित्यकार भएको बताउनुभयो।

मिराज कथा संग्रहमा ११ वटा कथा संकलित छन्। जसमा नियति, चित्कार, नाबाधियको बन्धन, अन्यौल, हराएको मायाँ, झरना, सिन्दुर, माइत, बिछोड लगायतका कथाहरु संग्रहित छन्। पुस्तकलाई ट्रान्स वोर्ल्ड पब्लिकेशनले प्रकाशन गरेको हो।

यसअघि कथाकार ताम्राकारको आशुको कथा नामक कथा संग्रह प्रकाशित भैसकेको छ। यस्तै, प्रारम्भ (कविता संग्रह), स्पन्दन (मुक्तक संग्रह), हृदयका उदगार(कविता संग्रह), भावनाका उत्सर्गहरु(गीत संग्रह) प्रकाशित भैसकेका छन्।

कार्यक्रममा नेपाली लेखक संघ काभ्रेका अध्यक्ष विजयराम कर्माचार्य, नेवा पत्रकार दवू काभ्रेका अध्यक्ष सिद्धिबहादुर कर्माचार्य, नेपालि साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजा, उद्योग बाणिज्य महासंघ काभ्रेका अध्यक्ष राजेन्द्र पसँक्षे, इन्द्रेश्वर क्याम्पसका अध्यक्ष तुयुकाजी ताम्राकारले ‘मिराज’ कथा संग्रहका सर्जक ध्रुबकृष्ण ताम्राकारलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै उहाँको बारेमा बोल्नुभएको थियो।

सभापति लाकोजूले प्रमुख अतिथि के के कर्माचार्यलाई मायाँको चिनो प्रदान गर्नुभएको थियो। यस्तै नेपाली लेखक संघ काभ्रेका अध्यक्ष विजयराम कर्माचार्यले प्रमुख अतिथिलाई मकर मेलाको मायाँको चिनो तथा नेवा पत्रकार दवू काभ्रेका अध्यक्ष सिद्धिबहादुर कर्माचार्यले  चांदीको सिक्का प्रदान गर्नुभएको थियो।

अक्षरमार्ग नेपालको आयोजनामा भएको कार्यक्रमको संचालन गीता तिमल्सिनाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस