जेष्ठ पत्रकारलाई मासिक भत्ता दिने सरकारको निर्णय

नौलो समाचार संवाददाता
२०७८ फागुन १८, बुधबार मा प्रकाशित ६३६ पटक पढिएको
जेष्ठ पत्रकारलाई मासिक भत्ता दिने सरकारको निर्णय

फागुन १८, काठमाडौं। सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ ।

२०७८ फागुन ११ गते बसेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सचिव स्तरीय निर्णयबाट जेष्ठ पत्रकारलाई ‘पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड–२०७८’ अनुसार ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार ६५ वर्षदेखि ६९ वर्ष उमेर समुहका जेष्ठ पत्रकारलाई मासिक ५ हजार, ७० देखि ७५ वर्षसम्म मासिक ७ हजार, ७६ देखि ८० वर्षसम्मका जेष्ठ पत्रकारलाई मासिक १० हजार र ८१ वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारलाई मासिक १५ हजारका दरले ‘जेष्ठ पत्रकार वृत्ति’ उपलब्ध गराउने भएको नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासंघले सरकारको उक्त निर्णयको स्वागत गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेमा विश्वस्त रहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस