९ किलो गाँजा सहित पनौतीका रामकृष्ण पक्राउ

नौलो समाचार संवाददाता
२०७८ फागुन २३, सोमबार मा प्रकाशित ७७५ पटक पढिएको
९ किलो गाँजा सहित पनौतीका रामकृष्ण पक्राउ

फागुन २३, काभ्रे। ९ किलोे ८ सय ग्राम गाँजा सहित एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पनौती नगरपालिका वडा नं ११ स्थित थुम्कीका ४५ वर्षीय रामकृष्ण के.सी रहेका छन्।

के.सीको घरबाट लागु औषध सेवन तथा कारोवार गर्नका लागी संचित गरी ९ किलो ८ सय ग्राम अबैध लागु औषध गाँजा लुकाई छिपाई प्याक गरी राखेको अवस्थामा प्रहरी फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कार्यालयका अनुसार लागू औषध गाँजा सहित के.सीलाई प्रहरीले फागुण २२ गते नियन्त्रणमा लिएको हो।

के.सीमाथि लागू औषध गाँजा मुद्दामा काभ्रे जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस