पनौती नगरपालिकाको पुनसंरचना दिवस भव्यताका साथ सम्पन्न, विभिन्न उत्कृष्ट व्यक्तित्वलाइ सम्मान

फोटो फिचर
नौलो समाचार संवाददाता
२०७८ फागुन २७, शुक्रबार मा प्रकाशित १०११ पटक पढिएको
पनौती नगरपालिकाको पुनसंरचना दिवस भव्यताका साथ सम्पन्न, विभिन्न उत्कृष्ट व्यक्तित्वलाइ सम्मान

फागुन  २७, काभ्रे। पनौती नगरपालिकाले आफ्नो ५ औं पुनसंरचना दिवस भव्यताका साथ मनाएको छ। दिवसको अवसरमा नगरपालिकाका बिभिन्न क्षेत्र र जिम्मेवारीमा रही कुशल र उत्कृष्ट कार्य गर्ने विभिन्न महानुभवहरुलाई सम्मान गरिएको थियो।

नगरपालिका हलमा आयोजित पनौती नगरपालिका पुनसंरचना दिवस कार्यक्रममा शिक्षा, स्वास्थ्य, बालबालिका, कृषि तथा पशु, मकर मेला व्यवस्थापन, सुरक्षा, कला तथा साहित्य,सूचनाका क्षेत्र लगायत नगरपालिकामा २० वर्ष भन्दा बढी समय अवधि कार्यरत कर्मचारीहरुलाई दिर्घ सेवा पदक सहित पुरस्कारद्वारा सम्मान गरिएको थियो।

नगरपालिकाका कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटालाई वर्षको सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ। यस्तै बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलाई नगरपालिकामा रही अनवरत सेवाको लागि सम्मानित गरिएको छ।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले पनौती नगरपालिका नगर प्रमुखको सचिवालयमा कार्यरत सचिवालय प्रमुख लाल बहादुर लामालाई पनि नगरको विकास र समृद्धिका लागि उत्कृष्ट कार्य गरे बापत सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य रामहरी सुवेदी, नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गीता बञ्चारा, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल र पूर्व नगर प्रमुख सन्तकाजी बुद्धाचार्यले पनौती नगरपालिकामा २० बर्ष सेवा गरेका कर्मचारीहरुलाई दिर्घ सेवा पदकबाट सम्मान गर्नुभएको थियो ।

यस्तै नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सैंजु, इन्जिनियर राजकुमार प्रधानलाई सम्मान गरिएको छ। सब-इन्जिनियर आशिसराज गौतमलाई शहरी बिकास तथा योजना साखा तर्फ उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ।

यस्तै, उत्कृष्ट कृषक, उत्कृष्ट कृषि व्यवशायी, उत्कृष्ट कृषि प्राविधिकको रुपमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ।

मकर मेलामा उपभोक्ता समितिका ब्यक्तित्वहरु, स्वयंसेवकहरुलाइ तथा विभिन्न सस्थाहरुलाई पनि सम्मान गरिएको छ।

संस्थागत बिद्यालय तर्फ उत्कृष्ट प्राचार्यको रुपमा वसन्त नेपाललाई सम्मान गरिएको छ।

यस्तै, पनौती नगरपालिकाको उत्कृष्ट वडा सचिवमा वडा नम्बर ८ का सचिव भगवान बस्नेत सम्मानित हुनु भएको छ।

अक्षरमार्ग साहित्यिक त्रैमासिकका सम्पादक तथा साहित्यिक पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष एवम् साहित्यकार सूर्यप्रसाद लाकोजू नेपाली भाषा र साहित्यमा योगदान पुर्‍याएबापत सम्मानित हुनुभएको छ।

स्वास्थ्य सस्था अन्तर्गत उत्कृष्ट सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा पनौती स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य सस्थाको रुपमा सम्मानित हुदै डा.चन्द्र शेखर यादवले सम्मान ग्रहण गर्नुभएको छ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति, एसइइमा उत्कृस्टलाइ सम्मान गरिएको थियो।

उत्कृष्ट संचारकर्मीको रुपमा पत्रकार रामसुन्दर आच्रयालाई सम्मान गरिएको छ।

कार्यक्रममा पनौती नगरपालिकाले सम्पन्न गरेका विभिन्न बिकास निर्माणका क्रियाकलापलाई भिडियो मार्फत प्रस्तुत गरिएको थियो भने प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले मकर मेलाका निर्माणका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा पनौती नगरपालिकाले २०७४ सालदेखी हालसम्म गरेका कार्यहरु समेटिएको प्रयास र उपलब्धी नाम पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा अतिथिको रुपमा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार रहनुभएको थियो भने पनौतीका १२ वटै वडाका वडा अध्यक्षहरु, कर्मचारीहरु, क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षा, कृषि, स्वस्थ्य, साहित्य, संचारलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरु, स्वयंसेविकाहरु, विद्यार्थीहरुको उपस्थिती रहेको थियो।

 

 


प्रतिक्रिया दिनुहोस