प्राणनाथ माईती बृद्ध आश्रमलाई सेञ्चुरी बैंक पनौतीको सहयोग

नौलो समाचार संवाददाता
२०७८ फागुन २७, शुक्रबार मा प्रकाशित ६६६ पटक पढिएको
प्राणनाथ माईती बृद्ध आश्रमलाई सेञ्चुरी बैंक पनौतीको सहयोग

फागुन २७, काभ्रे। सेञ्चुरी कमर्सियल बैंक पनौती शाखाले श्री प्राणनाथ माईती बृद्ध आश्रम पनौतीलाई तातो चिसो पानी आउने मेसिन र सरसफाइको लागि भ्याकुम क्लिनर वितरण गरेको छ । बैंकको ११ औं स्थापना दिवसको अवसरमा पनौती शाखाका प्रबन्धक नवीन माकजूले बृद्ध आश्रमका अध्यक्ष रघुनाथ तिमल्सिनालाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

उहाँका अनुसार बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बृद्धाश्रमलाई उक्त सामग्री सहयोग गरेको हो । उक्त कार्यक्रममा बनेपा शाखाका प्रबन्धक अनिश थापा, धुलिखेल शाखाका प्रवन्धक हरिकृष्ण दाहाल, पनौती शाखाका कर्जा प्रमुख विजेन्द्र पोटे लगायतको उपस्थिती रहेको थियो । उक्त आश्रममा एक दर्जन बढी बृद्धबृद्धा रहेका छन । बृद्ध आश्रमका अध्यक्ष तिमल्सिनाले बैंकले आश्रमलाई अति आवश्यक सामग्री सहयोग गरेकोमा खुशी व्यक्त गर्नुभयो।

पनौती शाखाले स्थापना दिवसकै अवसरमा काभ्रे उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सञ्चालन गरेको थियो । पनौती शाखाका प्रबन्धक नवीन माकजूले व्यवस्थापन संकाय १०ं२ तहमा अध्ययनरत विद्यार्थीहरुलाई बैंक खाता संचालन र वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी गराउनुभएको थियो।

कार्यक्रममा विद्यार्थी, कर्मचारीहरु ९० जनाको उपस्थिती रहेको थियो । सेञ्चुरी बैंकले काभ्रे जिल्लामा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोट लगायत ७ वटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दे आएको छ ।

बैंकको कुल शाखा १२९ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर र २६ वटा शाखा रहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस