काभ्रेमा “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सुरु

नौलो समाचार संवाददाता
२०७८ फागुन २९, आईतबार मा प्रकाशित ८४६ पटक पढिएको
काभ्रेमा “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान सुरु

फागुन २९, काभ्रे। नेपाली काँग्रेस काभ्रेले “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान आज आइतबार बाट सुरु गरेको छ। काभ्रेको बनेपामा आज एक कार्यक्रमका बीच काँग्रेसले उक्त अभियान सुरु गरेको हो।

उक्त अभियानको उद्घाटन नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले गर्नुहुने भएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आगमी स्थानीय निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाउनका लागि सक्रियता पूर्वक यो अभियानमा सहभागिता जनाउन निर्देशन दिनुभएको छ। उहाँले अभियानपछि अवस्था विश्लेषण गरेर गठबन्धनको बिषयमा निर्णय लिने बताउनुभयो। अहिले गठबन्धनको भन्दापनि संगठन सुदृढिकरण नै काँग्रेसको चिन्ता विषय भएको उहाँले बताउनुभयो।
उहाँले स्थानीय निर्वाचनमा जसलाई टिकट दिदाँ जित्ने सम्भावना हुन्छ उसैले टिकट पाउने बताउनुहुँदै अहिले उम्मेदवार को बन्ने भन्दा पनि को बढी जनतासँग घुलमिल हुन सक्छ उसले नै टिकट पाउने स्पष्ट पार्नुभयो।

नेपाली काँग्रेस केन्द्रीय सदस्य उर्मिला केसीले हरेक टोलटोलमा पुगेर काँग्रेसलाई सुदृढ र सशक्त बनाउने अभियानमा एकजुट भएर लाग्न आम कार्यकर्तालाई आब्हान गर्नुभयो।

जिल्ला सभापति तीर्थ लामाले काभ्रेका हरेक घर-घरमा पुगेर काँग्रेसले गरेका विकास निर्माण, भविष्यमा गर्ने कामका बारेमा जानकारी गराउनुपर्ने बताउनुभयो।

नेपाली काँग्रेस काभ्रेका सचिव गुणराज मुक्तानले अभियानका लागि नेपाली काँग्रेस काभ्रेले १३५ वटै वडामा जिल्ला प्रतिनिधि पठाउने निर्णय गरेको बताउनुभयो। जिल्ला सदस्य तथा पूर्व जिल्ला सदस्यले एक महिना भर उक्त वडाका घरघर र टोलटोलमा छलफल लगायत कार्यक्रम गर्ने मुक्तानले जानकारी दिनुभयो। काँग्रेसले चैत ६ गते भित्र वडा स्तरीय भेला मार्फत “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान शुभारम्भ गर्ने, घर घरमा र टोलटोलमा जाने योजना निर्माण गर्नुपर्ने छ । टोल संवाद कार्यक्रम, घरघरमा गएर स्थानीयको समस्या सुन्ने, वडास्तरमा वान बुथ हन्ड्रेड यूथ निर्माण, वडा स्तरमा झन्डा, ब्यानर सहित ¥याली आयोजना गर्ने र कोण सभा गर्ने लगयातका कार्यक्रम रहेको मुक्तानले कार्यक्रममा जानकारी दिनुभयो।

नेपाली काँग्रेसका पूर्व उपसभापति अच्यूत पौडेलले महाधिवेशनको निर्वाचन पार्टीको आन्तरिक चुनाव भएकाले अब त्यसलाई बिर्सिएर काँग्रेस जिताउ अभियानमा सबै एक जुट भएर लाग्नुपर्ने धारणा राख्नुभएको छ।

यस्तै,  नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र न १ का सभापति दिनेश लामाले क्षेत्र न १ का ६९ वटा वडा मै काँग्रेसको अवस्थाका बारेमा सुष्म अध्ययन गरिरहेको बताउनुहुँदै “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियानका लागि प्रत्येक वडा वडामा पुग्ने गरी प्रतिनिधि खटाएको जानकारी दिनुभएको छ।

प्रतिनिधिसभा क्षेत्र न २ का सभापति महेश खरेलले आफ्नो क्षेत्रभित्रको वडामा जसले जित्छ उसैले टिकट पाउने बताउनुभएको छ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापतिद्धय ठाकुर न्यौपाने र रमेश हुमागाई, सचिव माधव ढकाल, प्रदेश क्षेत्रिय सभापतिहरु रामहरी श्रेष्ठ, चन्द्र लामा, राम योन्जन र हेमकुमार लामा, भुम्लु गाउँपालिका सभापति दावा लामा लगायतले मन्तव्य राक्नुभेको थियो।

उक्त अभियानको उद्घाटन समारोहमा १३५ वडाका पदाधिकारी, पालिका, क्षेत्र, प्रतिनिधिसभा, जिल्ला कार्यसमिति, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो। फागुन २९ गतेबाट देशभर सुरु भएको “घर घर जाउँ, काँग्रेस जिताऔं” अभियान चैत २९ गते सम्म सञ्चालन हुने छ।


प्रतिक्रिया दिनुहोस