बेथानचोकमा मृगौला पीडित माओवादी नेतालाई काँग्रेसको सहयोग

नौलो समाचार संवाददाता
२०७८ फागुन ३०, सोमबार मा प्रकाशित ९६४ पटक पढिएको
बेथानचोकमा मृगौला पीडित माओवादी नेतालाई काँग्रेसको सहयोग

फागुन ३०, काभ्रे। जिल्ला कै कतिपय स्थानीय तहमा फरक राजनीतिक आस्था कै आधारमा भारोपर्म देखी अ‍ैचोपैचोसम्म नचलेका उदाहरण प्रसस्तै रहेका समाचार सुनिदैँ आएका छन्। कतिपयमा त विद्यालय, डेरी, होटल पसलसम्म राजनीतिक आस्था कै आधारमा सञ्चालन हुँदै आएका पनि देख्न सकिन्छ।

तर बेथानचोक गाउँपालिकामा भने फरक राजनीतिक आस्थामा रहेकालाई समेत सहयोग गर्ने परिपार्टीको विकास हुँदै गएको देखिएको छ। बिरामी होस् या अन्य सहयोग गर्नुपरोस सबै पार्टी मानवीय सहयोगका लागि तयार रहने गरेका छन्। जसको उदाहारण दुबै मृगौला फेल भएर उपचारमा रहनुभएको बेथानचोक गाउँपालिका–५ का जिल्ला स्तरीय माओवादी नेता तेजबहादुर तिमल्सिनालाई नेपाली काँग्रेसका स्थानीय नेताहरुको सहयोगलाई लिन सकिन्छ।

तेजबहादुर तिमल्सिना बचाउ अभियानका अभियान्ता समिर केसी, नेपाल बिद्यार्थी संघकी नेतृ यशोदा खत्री र हास्य कलाकार भगवान खत्रीले विभिन्न व्यक्तीहरुबाट २  लाख ६३ हजार ८५५ रुपियाँ संकलन गरी पिडितलाई हस्तान्तरण गरिएको छ ।

उक्त संकलित रकम एक कार्यक्रमका विच नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र न २ ‘ख’ का सभापति रामहरि श्रेष्ठ, प्रतिनिधिसभा क्षेत्र न २ का सचिव नारायण सापकोटा, बेथानचोक गाउँपालिका वडा न ४ का अध्यक्ष लालबहादुर श्रेष्ठ, काँग्रेसका युवा नेता मछिन्द्रकुमार लामा लगायतले उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।

आर्थिक अवस्था नाजुक रहेकाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको नेपाल बिद्यार्थी संघकी नेतृ यशोदा खत्रीले जानकारी दिनुभयो। ‘दुःख जसलाई पनि पर्छ । यसमा पार्टी भनेर हेर्नुहुँदैन । हामीले सकेको सहयोग गर्नुपर्छ भनेर अभियान सञ्चालन गरेका हौँ, नेतृ खत्रीले भन्नुभयो, सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।’ यो अभियानमा साथ अझै आफूले खोजिरहेको बताउँदै उहाँले सहयोगको अपिल गर्नुभयो ।

जीवनको लामो समय कम्युनिष्ट राजनीतिमा लाग्नुभएको तेजबहादुर तिमल्सिनाले अहिले उपचारको लागि सहयोगको पर्खाइमा हुनुहुन्छ। युवा अवस्था राजनीतिमा व्यतीत गर्नुभएका उहाँ काभ्रे जिल्लाका लागि आर्दश व्यक्तीका रुपमा परिचित हुनुहुन्छ।

भक्तपुरमा उपचारमा रहनुभएका तिमल्सिनालाई डाक्टरले छिटो भन्दा छिटो मृगौला प्रत्यारोपण गर्नको लागि भनिरहेको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस