रोशीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

नौलो समाचार संवाददाता
२०७८ फागुन ३०, सोमबार मा प्रकाशित ८९९ पटक पढिएको
रोशीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

फागुन ३०, काभ्रे। रोशी गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ। “हाम्रो लक्ष्य राष्ट्रको सार, खेलकुद विकास स्वस्थ समाजको आधार” भन्ने मूल नाराका रोशी गाउँपालिकाले आजबाट पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुभारम्भ गरेको हो।

गाउँपालिकामा अध्यक्ष डि. वि. लामाले प्रतियोगिताको सुभारम्भ गर्दै सहभागि सम्पूर्ण विद्यालय टिमलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।

रोशी माध्यमिक विद्यालय कटुन्जेवेशीमा भएको उक्त कार्यक्रमका अवसरमा बोल्दै अध्यक्ष लामाले शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता विषयमा रोशीको कार्यपालिका टिमले विगतका वर्ष देखि नै प्राथमिकताका साथ कार्यन्वयन गर्दे आएको बताउनुभएको छ।

त्यसैगरी उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौलाले समाजलाई उन्नतीको दिशा तर्फ मार्ग दर्शन गर्न आजका बालबालिका भोलीका कर्णधार भएको हुनाले बालबालिकाका निमित्त स्थानिय सरकार, विद्यालय अभिभावक, शिक्षक जस्ता सम्पूर्ण पक्षले ध्यान दिन आवश्यक रहेको बताउनुभयो।

साथै प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले खेलकुदले शारीरिक , मानसिक, सामाजिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आफ्नो पहिचान कायम गर्न सफल हुने भएकोले विभिन्न खेलकुदका विविध नियम पालना गरी अनुशासित ढंगले सहभागि भई सफल पार्नका निमित्त शुभकामना व्यक्त गर्नुभयो।

खेल आज देखि ३ दिनसम्म लगातार हुने र भलिबल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, सटफुट जस्ता विधामा प्रतियोगिता हुने शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र सिग्देलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस