आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द

नौलो समाचार संवाददाता
२०७८ चैत्र १, मंगलबार मा प्रकाशित ४९९ पटक पढिएको

आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द

चैत १, काठमाडौं। आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागले हिजो (साेमवार) सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ।

लाइसेन्सका लागि आवेदन धेरै परेकाले यस बेला अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ। कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेको विभागले जनाएको छ।

यातायात व्यवस्था विभागले जारी गरेको सूचना:-

प्रतिक्रिया दिनुहोस