कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि सञ्चालन हुने

नौलो समाचार संवाददाता
२०७८ चैत्र ४, शुक्रबार मा प्रकाशित ८४७ पटक पढिएको
कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि सञ्चालन हुने

चैत ४, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ।

आज शुक्रबार बस्ने बोर्ड बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्ने छ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ।

कोरोनाका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्ने छ।

गत वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा भएको समस्या सुधार्दै प्रश्न पत्र पठाउने तयारी गरेको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिने छन्।


प्रतिक्रिया दिनुहोस