पनौती जेसीजको बारेमा भ्रामक र अराजक कार्य गरिए : अध्यक्ष सुबेदी

नौलो समाचार संवाददाता
२०७८ चैत्र ७, सोमबार मा प्रकाशित ११०७ पटक पढिएको
पनौती जेसीजको बारेमा भ्रामक र अराजक कार्य गरिए : अध्यक्ष सुबेदी

चैत ७, काभ्रे। पनौती जेसीजको सम्बन्धमा भ्रम सृजना गरिएको भन्दै पनौती जेसीजले प्रेस बिज्ञप्ति प्रकाशित गरेको छ।

वर्ष २०२२ का लागी अध्यक्ष जेसी अध्यक्ष पुरुषोत्तम सुबेदीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा विधिको शासनलाई अबलम्बन गर्दै प्रजातान्त्रिक अभ्यास सिकाउने पनौती जेसीजको सम्बन्धमा केहि भ्रमहरु सृजना भएको प्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ।

गत फागुन ४ गते पनौती जेसीजको वर्ष २०२२ को नेतृत्व चयन भएर पद हस्तान्तरण भैसकेको अवस्थामा पनौती जेसीजका केहि पुर्व अध्यक्षहरु मिलेर बिधान विपरितका अराजक क्रियाकलाप गरेको उल्लेख गरिएको छ।

पद हस्तान्तरण कार्यक्रम सम्पन्न भैसकेको र वार्षिक कार्ययोजना सहित कार्यक्रमहरु सुरु भैसकेको अवस्थामा केहि पुर्व अध्यक्षहरुको अराजक गतिविधि सोभनीय नभएको अध्यक्ष पुरुषोत्तम सुबेदीको भनाई छ।

बिज्ञप्तिमा भनिएको छ, ”यस्ता क्रियाकलापबाट यस संस्थाको गरिमा प्रति आँच आएको हुदा यस्ता गतिविधिहरु तुरुन्त रोकियोस् भनि ध्यानाकर्षण गराउदै सम्पूर्ण पनौती जेसीजसंग सरोकार राख्ने सदस्य तथा सरोकारवाला निकाय, पुर्व अध्यक्षज्युहरु, विभिन्न संघ-संस्थाहरुलाई कुनै पनि भ्रममा नपर्न अनुरोध गरिन्छ।”

विभिन्न पुर्व अध्यक्षहरुको बिधान विपरितका विवादकाबीच पनौती जेसीजको वर्ष २०२२ को लागी पुरुषोत्तम सुबेदी २०७८ फागुन ४ गते अध्यक्ष चयन हुनुभएको थियो।

१८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको अन्तर्राष्ट्रिय संस्थाको रुपमा ‘जेसीज नेपाल’ परिचित छ।

पनौती जेसीजद्वारा जारी प्रेश विज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस