चैत ८, काभ्रे। पनौती कुशादेवी मार्गमा स्थानीयले सवारी आवागमनमा अवरोध गरेका छन्।
पिच नहुँदा धुलोधुवाले सास्ती खेप्नपरेको भन्दै सडकमा ढुङ्गा बाँस तेर्स्याई उनीहरुले कुनैपनि सवारी साधन आउँजाउ बन्द गरेका छन्।
अवरोधका कारण सर्वसाधाणलाई समेत हिँड्न असहज भएको छ।
पनौती बसपार्कदेखि करिव डेढ सय मिटर सडक पिच नगरिएको भन्दै सडक नै बन्द गर्नुपरेको स्थानियहरुको स्थानीय कृष्ण थापाले बताउनुभयो।
पानी हाल्न आएको ट्यांकरलाई समेत रोकेर उनीहरूले अवरोध गरेका छन्। उनीहरू भछन्, ‘ सडकमा पानी मात्र हालेर हुँदैन हामीलाई पिच नै गर्नुपर्छ।’
महिनौ अघि पिच गर्ने भनेर काम सुरु भएको तर त्यसपछि कुनै काम अगाडि नबढेको उनीहरूले बताएका छन्।
सम्बन्धित निकायसँगको वार्तापछि मात्र अवरोध हटाउने उनीहरूले अडान राखेका छन्।
यस्तै, उता पनौती बसपार्क पूर्वतर्फको नमोबुद्ध सडकमा पनि स्थानियहरुको अवरोध जारी छ। पिच नगरेर धुलोधुवा बढेको भन्दै आईतबारदेखि उनीहरूले टिपर प्रवेशमा रोक लगाएका छन्। यद्यपि उक्त सडकमा नगरपालिकाले नियमित पानी हालिरहेको छ।
धेरै समय बितिसक्दा पनि पिच नहुँदा नगरपालिका प्रति गुनासो व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस