म्यादी प्रहरी काभ्रे : आजसम्म १ हजार ६४८ जनाले दिए आवेदन

नौलो समाचार संवाददाता
२०७८ चैत्र ८, मंगलबार मा प्रकाशित ६४० पटक पढिएको
म्यादी प्रहरी काभ्रे : आजसम्म १ हजार ६४८ जनाले दिए आवेदन

चैत ८, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेमा म्यादी प्रहरी भर्नाका लागी आवेदन संकलन कार्य आज पनि जारी रह्यो। आज तेश्रो दिन पनि जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा दरखास्त दिनेहरुको भिड थियो।

स्थानीय तहको निर्वाचनका लागि माग गरिएको म्यादी प्रहरी भर्ना प्रक्रियाका लागी घाममा हातमा कागज पत्रको फाईल समाउदै लाईन बस्नेमा अधिकांश युवा जमात देखिन्थ्यो।

आज ५ सय ८९ जनाले म्यादी प्रहरीका लागी आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

उपरीक्षक खतिवडाका अनुसार आज १ सय ९३ जना महिला र ३ सय ९६ जना पुरुष गरी ५ सय ८९ जनाले आवेदन दिएको छन्।

म्यादी प्रहरीका लागि काभ्रेमा आजसम्म १ हजार ६४८ जनाले आवेदन दिइसकेका छन्। जसमा महिलाको संख्या ४६० रहेको छ भने पुरुष १ हजार १८८ जना रहेका छन्।

म्यादी प्रहरीमा भर्नाका लागि आगामी चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।

पहिलोे दिन ४ सय ५० जनाले आवेदन दिएका थिए भने दोस्रो दिन ६ सय ९ जनाले म्यादी प्रहरीका लागि आवदेन दिएका थिए।

स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा १ हजार ४९५ म्यादी प्रहरी माग गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस