बनेपामा बसको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ चैत्र ११, शुक्रबार मा प्रकाशित १००३ पटक पढिएको
बनेपामा बसको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु

चैत ११, काभ्रे। अरनिको राजमार्ग अन्तर्गत बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ गम्भिर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

आज बिहान बनेपाबाट धुलिखेलततर्फ जादै गरेको बा २ ख ५२९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भिर घाइते भएका थिए।

बसको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ का २८ वर्षीय सुनिलकुमार खड्काको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

उहाँका अनुसार मोटरसाइकलमा पछाडी सवारमा सोही ठेगानाका २७ वर्षीय सन्तोष खड्का पनि घाइते भएका छन्। घाइतेको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

मोटरसाइकललाई ठक्कर दिने बसका चालकलाई ईलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस