म्यादी प्रहरीका लागी काभ्रेमा ३ हजार १७३ जनाको आवेदन

नौलो समाचार संवाददाता
२०७८ चैत्र ११, शुक्रबार मा प्रकाशित ६६९ पटक पढिएको
म्यादी प्रहरीका लागी काभ्रेमा ३ हजार १७३ जनाको आवेदन

चैत ११, काभ्रे। जिल्ला प्रहरी कार्यालय काभ्रेमा म्यादी प्रहरीका लागी ३ हजार १७३ जनाले आवेदन दिएका छन्।

स्थानिय निर्वाचन २०७९ को लागी देश व्यापीरुपमा म्यादी प्रहरी भर्नाका लागी दर्खास्त आह्वान भएकोमा काभ्रेमा ८३४ महिला र २ हजार ३३९ पुरुष गरी कुल जम्मा ३ हजार १७३ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानेको छ।

स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा १ हजार ४९५ म्यादी प्रहरी माग गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ।

चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ। छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ।

म्यादीका लागि ४० दिन कार्यावधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २ सय ४०, पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति १ हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ।


प्रतिक्रिया दिनुहोस