यस्ता छन्, काभ्रेका विभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृत..

नौलो समाचार संवाददाता
२०७८ चैत्र १३, आईतबार मा प्रकाशित ७१० पटक पढिएको
यस्ता छन्, काभ्रेका विभिन्न पालिकामा खटिएका निर्वाचन अधिकृत..

चैत १३, काभ्रे। निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनका लागी देशभरका स्थानीय तहमा निर्वाचन अधिृकत खटाएको छ।

काभ्रेका १३ वटै पालिकाको लागी विभिन्न व्यक्तित्वहरु निर्वाचन अधिकृतका रुपमा खटिएका छन्।

निर्वाचन आयोगले धुलिखेल नगरपालिकामा जिल्ला अदालत काभ्रेका जिल्ला न्यायधिश मोहनराज भटराईलाई मुख्य निर्वाचन अधिृकतको जिम्मेवारी दिएको छ।

नमोबुद्ध नगरपालिकामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिब बिष्णुप्रसाद ज्ञवालीले निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ।

पनौती नगरपालिकामा जिल्ला अदालत काभ्रेका स्रेस्तेदार गोविन्दप्रसाद घिमिरे निर्वाचन अधिकृतका रुपमा खटिनुभएको छ।

यस्तै, पाँचखाल नगरपालिकामा गृह मन्त्रालयका उप सचिब जीवन प्रसाद दुलाल, बनेपा नगरपालिकामा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका उप सचिब शारदा भण्डारी र मण्डनदेउपुर नगरपालिकामा उद्योग, वाणिज्य तथा आफुर्ती मन्त्रालयका उप सचिब शान्ता नेपाल मरासिनी निर्वाचन अधिकृतका रुपमा खटिनुभएको छ।

यस्तै, गाउँपालिका तर्फ खानीखोला गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिब चिरञ्जीवि गौतम, चौरीदेउराली गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका जिल्ला न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, तेमाल गाउँपालिकामा विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता बिमला रेग्मीलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ।

भुम्लु गाउँपालिकामा राजस्व अनुसन्धान विभागका उप सचिब रुद्र कोइराला, महाभारत गाउँपालिकामा शिक्षा तालिम केन्द्र काभ्रेका दशौँ तहका अधिकृत खुबि राम अधिकारी, रोशी गाउँपालिकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिब सूर्यप्रसाद गौतम र बेथानचोक गाउँपालिकामा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका उप सचिब लक्ष्मी प्रसाद रेग्मी निर्वाचन अधिकृतका रुपमा जिम्मेवारी पाउनुभएको छ।


प्रतिक्रिया दिनुहोस