पनौती नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुदा चालकको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ चैत्र १५, मंगलबार मा प्रकाशित १२६८ पटक पढिएको

पनौती नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुदा चालकको मृत्यु

चैत १५ ,काभ्रे। पनौती नगरपालिका वडा नम्बर-२ नयाँगाउँमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २५ बर्षीय रुपक दाहाल रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिनुभयो।

आज (मंगलबार) बेलुका बजारबाट गाउँ जाने क्रममा गाडी सडकबाट पल्टिएको प्रमुख कोइरालाले बताउनुभयो।

दुर्घटना भएको मिनी ट्रक मृतक दाहालको नै रहेको बताईएको छ।






प्रतिक्रिया दिनुहोस