अक्षरमार्ग साहित्यिक पत्रिकाद्वारा ७ जना सर्जक सम्मानित, चार वटा पुस्तक लोर्कापण

नौलो समाचार संवाददाता
२०७८ चैत्र २६, शनिबार मा प्रकाशित १००० पटक पढिएको
अक्षरमार्ग साहित्यिक पत्रिकाद्वारा ७ जना सर्जक सम्मानित, चार वटा पुस्तक लोर्कापण

चैत २६, काभ्रे। साहित्यिक पत्रिका अक्षरमार्गले ७ जना सर्जकलाई सम्मान गरेको छ। अक्षर मार्ग त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा साहित्य, गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनुहुने सर्जकहरुलाई सम्मान गरिएको हो।

आज शनिबार पनौतीमा आयोजित सम्मान सर्मपण तथा पुस्तक लोर्कापण कार्यक्रममा चार वटा पुस्तक पनि लोर्कापण गरिएको छ।

वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट सम्मानित गरिएको छ। यस्तै, वरिष्ठ साहित्यकार तथा समालोचक डा.शैलेन्दु प्रकाश नेपाललाई नरबहादुर अक्षरमार्ग सम्मानबाट सम्मानित गरिएको छ। श्रीराम अक्षरमार्ग स्मृति सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार गंगा सुवेदीलाई सम्मान गरिएको छ। यसैगरी, कृष्णसुन अक्षरमार्ग साहित्यिक सम्मानबाट साहित्यकार तथा साहित्यिक पत्रकार श्रीराम श्रेष्ठ सम्मानित हुनुभयो। साहित्यकार डा. साधना पन्त प्रतिक्षालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मानबाट सम्मानित गरियो भने सर्जक डा. विजय पण्डितलाई ध्रुबमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मानद्धारा सम्मानित गरिएको छ।
यस्तै, अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट साहित्यकार तुयुकाजी ताम्राकार सम्मानित हुनुभएको छ। गायक तथा संस्कृतीकर्मी विजयराम कर्माचार्यलाई खड्गबेद अक्षरमार्ग सहयात्रा सम्मान प्रदान गरिएको छ।

कार्यक्रमका विषेश अतिथि वरिष्ठ साहित्यकार, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल तथा प्रमुख अतिथि वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले सम्मानित प्रतिभाहरुलाई दोसल्ला, सम्मानपत्र प्रदान गर्नुभएको थियो। यस्तै, प्रल्हाद केसी र ध्रुबनारायण जाेंन्छेबाट सम्मानित सर्जकहरुलाई सगुन प्रदान गर्नुभएको थियो।

अक्षरमार्गका संयोजक, साहित्यका, कवि सूर्यप्रसाद लाकोजूको सभापतित्वमा भएको कार्यक्रममा चार वटा पुस्तक पनि लोर्कापण गरिएको थियो। सूर्यप्रसाद लाकोजूद्धारा लिखित ‘घाम फुल्ने याम’ र ‘मकर मेला अफ पनौती’को दोस्रो संस्करण, कृष्णप्रसाद सिटौलाद्धारा लिखित ‘मनकुसुम’ र अक्षरमार्गको ‘कथामा समावेत स्वरहरु’ नामक पुस्तक गरिएको हो।

कार्यक्रममा मोहन दुवालले सम्मानित व्यक्तित्वहरूको चिनारी प्रस्तुत गर्नु भएको थियो। विमोचित किताबको बारेमा रामसुन्दर देउजाले प्रकाश पार्नुभएको थियो।

विमोचित पुस्तक ‘मनकुसुम’ का सर्जक कृष्णप्रसाद सिटौलाले एउटा कविता वाचन गर्नु भएको थियो।

कार्यक्रममा २०७७ सालको एसईई परिक्षामा सूर्योदय माविबाट सामेल भई जीपिए-४ ल्याई सूर्योदय टपर शाश्वतप्रसाद लाकोजूलाई  पूर्णमाया लुचिकाजी एस.ईई सम्मानबाट सम्मानित गरिएको छ।

कार्यक्रममा सभापति सूर्य प्रसाद लाकजुले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रमलाई शम्भुलाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस