काभ्रेका १३ वटै पालिकामा कांग्रेसको उम्मेदवारी दर्ता

नौलो समाचार संवाददाता
२०७९ बैशाख १३, मंगलबार मा प्रकाशित ५२१ पटक पढिएको
काभ्रेका १३ वटै पालिकामा कांग्रेसको उम्मेदवारी दर्ता

बैशाख १३, काभ्रे। काभ्रेमा कांग्रेसको तर्फबाट विभिन्न पालिकामा प्रमुख तथा उपप्रमुख पदमा मनोनयन गरेको छ।

गठबन्धनको प्रमुख दल कांग्रेसले काभ्रेका ४ नगरपालिकामा प्रमुख, ३ गाउँपालिकामा अध्यक्ष, २ नगरपालिकामा उपप्रमुख र ४ गाउँपालिकामा उपाध्यक्ष पदमा मनोनयन गरेको हो।

पनौती नगरपालिकामा मेयर पदका लागि रामशरण भण्डारीले उम्मेदवारी दर्ता गर्नुभएको छ।

यस्तै, बनेपा नगरपालिका प्रमुखमा शान्तिरत्न शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ।

पाँचखाल नगरपालिकामा महेश खरेल र नमोवृुद्धको मेयरमा कुन्साङ लामाले उम्मेदवारी दर्ता गर्नुभएको छ।

त्यस्तै रोशी गाउँपालिकाको अध्यक्षका लागि दिनेश लामा, तेमाल गाउँपालिकाको अध्यक्षका लागि चन्द्र लामा र बेथानचोक गाउँपालिकाको अध्यक्षका लागि भगवान अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ।

उपमेयरतर्फ उप-प्रमुख पदका लागि नेकपा एकीकृत समाजवादीबाट छवि हुमागाइले उम्मेदवारी गराउनुभएको छ।

धुलिखेल नगरपालिकामा निराजन जंगम र मण्डनदेउपुरमा विष्णुमणि नेपालले उम्मेदवारी दर्ता गराउनुभएको छ।

गाउँपालिकाको उपाध्यक्षतर्फ महाभारतमा सागर मोक्तान, खानीखोलामा दोर्जेमान जिम्बा र चौरीदेउराली गाउँपालिकामा शेरबहादुर लामाले उम्मेदवारी दर्ता गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस