टिपरको ठक्करबाट बेथानचोकका एक पुरुषको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ बैशाख १३, मंगलबार मा प्रकाशित ४७५ पटक पढिएको
टिपरको ठक्करबाट बेथानचोकका एक पुरुषको मृत्यु

बैशाख १३, काभ्रे। अरनिको राजमार्ग अन्तर्गत मध्यपुरथिमिमा टिपरले ठक्कर दिँदा काभ्रे बेथानचोकका पुरुषको मृत्यु भएको छ।

भक्तपुर मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको काभ्रे बेथानचोक गाउँपालिका-६ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको हो।

स्कुटरको पछाडि सवार गम्भीर घाइते भएका छन्।

स्कुटर पछाडि सवार म्याग्दी बेनी नगरपालिका–४ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठको मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो।

मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बा प्र ०२–०२३प ७७६९  नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको हो।

दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस