हप्तामा २ दिन बिदा, कार्यालय समय १ घण्टा बढ्यो

नौलो समाचार संवाददाता
२०७९ बैशाख १४, बुधबार मा प्रकाशित ९९७ पटक पढिएको
हप्तामा २ दिन बिदा, कार्यालय समय १ घण्टा बढ्यो

बैशाख १४, काठमाडौं। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो।

सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ। हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ। अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको छ।

हाललाई यो निर्णय परीक्षणको रुपमा कायम रहनेछ।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।

प्रतिक्रिया दिनुहोस