पनौती काँग्रेस: घरदैलो कार्यक्रम गर्दै रामशरण भण्डारी जिताऔँ अभियानमा

नौलो समाचार संवाददाता
२०७९ बैशाख १५, बिहिबार मा प्रकाशित ९३१ पटक पढिएको
पनौती काँग्रेस: घरदैलो कार्यक्रम गर्दै रामशरण भण्डारी जिताऔँ अभियानमा

बैशाख १५, काभ्रे। स्थानिय तहको निर्वाचन नजिकीदै गर्दा दलहरु आफ्नो चुनावी एजेण्डा बोकेर घर दैलो कार्यक्रम शुरु गरेका छन्। काभ्रेका विभिन्न पालिकहरुमा विभिन्न सान ठुला दलहरु चुनावी प्रचारमा ब्यस्त भएका छन्।

पनौती नगरको मेयरको लागि ११ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

नेपाली काग्रेसको तर्फबाट मेयरको उम्मेदवारी पाउनुभएका पनौती नगरपालिकाका विकास प्रेमी एवं इमान्दार नेता रामशरण भण्डारी यति बेला पनौती नगर भित्र घर दैलोमा हुड्नुभएको छ।

नेकपा माओबादी केन्द्र र एकिकृत समाजवादीवीच भएको चुनावी तालमेल अनुसार पनौती नगरपालिकाको प्रमुखमा नगर सभापति रामशरण भण्डारीले उम्मेदवारी दिएसंगै कग्रेस कार्यकर्ताहरुले चुनावी प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन्।
यस अघि नेकपा एमालेले विजयी हासिल गरेको पनौती नगरमा यस पटक काँग्रेसको सत्ता ल्याउने रणनीतिका साथ नगरभित्र रहेको १२ वटै वडामा कार्यकर्ताहरु सक्रियताका साथ मतदाताको घरदैलो पुगिरहेका छन्।

गठबन्धनमा नेकपा (एकिकृत समाजवादी) का नेता छवि हुमागाईले पनौती नगरको उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ। वडामा सबै दलले उम्मेदवारी दर्ता गराएपनि नगर प्रमुख र उपप्रमुख भने एकसाथ भोट माग्न मतदाताको घरदैलो धाइरहेका छन्।

गुणस्तरीय शिक्षा स्वास्थ्य, व्यवस्थित बसपार्क निर्माण, त्रिवेणी घाटको स्तरोन्नती, सम्पदाको संरक्षण, प्राकृतिक स्रोतको संरक्षण र उपयोग, आधुनिक र व्यवसायिक कृषि, सिचाई, खानेपानि, नगरपालिका भित्र मौलाएको भष्ट्राचार नियन्त्रण जस्ता एजेण्डाका साथ मतदाताको घरदैलोमा पुगिरहेको मेयरका उम्मेदवार भण्डारी बताउनुभयो।

नेपाली काग्रेस नगर सचिव नारायण सापकोटाले यस पटकको निर्वाचनमा सबैसंग  एक ढिक्का भई अगाडि बढेको बताउनुभयो। आम जनताले चाहेको विकास प्रेमी र सच्चा इमान्दार नेता यस पटकको मेयरको उम्मेदवार रहेकाले यस पटक पनौतीबासीले उहाँलाई विश्वास गर्ने सापकोटाले जानकारी उल्लेख गर्नुभयो।

यस्तै, कांग्रेसका नेता प्रदिप बोगटीले पनौतीमा कांग्रेस नेतृत्वलाई चुनाव जित्न अब कसैले पनि रोक्न नसक्ने बताउनुभयो। सबै वडामा कांग्रेस एकतावद्ध भएर चुनावी मैदानमा होमिएको बताउदै उहाँले यस पटक पनौती नगर काग्रेसले जित्ने बताउनुभयो।

 


प्रतिक्रिया दिनुहोस