कांग्रेस गठबन्धन पनौतीको घोषणापत्र: एकीकृत खानेपानीलाई ६ महिना भित्र पुरा गर्नेदेखि सुत्केरी महिलालाई २ वर्षसम्म ५ हजार भत्ता

नौलो समाचार संवाददाता
२०७९ बैशाख १८, आईतबार मा प्रकाशित १४६२ पटक पढिएको
कांग्रेस गठबन्धन पनौतीको घोषणापत्र: एकीकृत खानेपानीलाई ६ महिना भित्र पुरा गर्नेदेखि सुत्केरी महिलालाई २ वर्षसम्म ५ हजार भत्ता

बैशाख १८, काभ्रे। नेपाली कांग्रेससहितको गठबन्धन पनौतीले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

पनौती नगरको नगर प्रमुखमा उम्मेदवार रामशरण भण्डारी र उप-प्रमुखका उम्मेदवार छवि हुमागाईंले संयुक्त घोषणापत्र सार्वजनिक गर्नुभएको हो।

नेपाली कांग्रेस पनौती नगर कार्य समितिको आयोजनामा घोषणा पत्र सार्वजनिक एवंम् संयुक्त गठबन्धनको पत्रकार सम्मेलन कार्यक्रमकामा उनीहरुले आज (आइतबार) संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।

प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, विपद व्यवस्थापन, फोहरमैला व्यवस्थापन तथा सरसफाई, दलित समुदाय, महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, कला सस्कृति, भुमि माथिको नागरिक अधिकारका क्षेत्रमा जनतालाई राहत र जनताको हितको पक्षका विभिन्न कार्यक्रमहरुलाइ विशेष प्राथमिकता दिएको छ।

संयुक्त प्रतिबद्धता पत्रमा स्वास्थ्य अन्तर्गत सुत्केरी महिलालाई २ वर्षसम्म पोषण कुपन र ५ हजार सुत्केरी भत्ता उपलब्ध गराईने उल्लेख गरिएको छ।

नगरका सबै नागरिकको बिमा गर्ने जसमध्ये जेष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, बिपन्न दलित, एकल महिला, अति अशक्त र  अपाङ्गता भएका नागरिकको निशुल्क बिमा गरीने उल्लेख छ।

कृषिमा कृषकलाई विभिन्न प्रोत्साहन, अनुदान र ८० प्रतिशतसम्म कृषि बिमा, उत्पादनको उच्च मूल्य, कोल्डस्टोर निर्माण र हाटबजार संचालानसम्मका योजना रहका छन्।

एकीकृत खानेपानीलाई ६ महिना भित्र पुरा गरी खाने पानी वितरण गर्ने, जंगली जनावरबाट कृषि उत्पादनमा भईरहेको क्षति न्यूनीकरण गर्न योजना बनाउने र किसानलाई क्षतिपुर्ति दिने लगायतका अन्य थुप्रै जनहितका कार्यक्रमहरु संयुक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

संयुक्त प्रतिबद्धता पत्र :-

 

 


प्रतिक्रिया दिनुहोस