कांग्रेस गठबन्धन नमोबुद्ध घोषणापत्र: एक शिक्षक एक ल्यापटपदेखि नगरको आम्दानि खर्चको मासिक बुलेटिन प्रकाशन गर्नेसम्म

नौलो समाचार संवाददाता
२०७९ बैशाख १८, आईतबार मा प्रकाशित १०३८ पटक पढिएको
कांग्रेस गठबन्धन नमोबुद्ध घोषणापत्र: एक शिक्षक एक ल्यापटपदेखि नगरको आम्दानि खर्चको मासिक बुलेटिन प्रकाशन गर्नेसम्म

बैशाख १८, काभ्रे। नेपाली कांग्रेससहितको गठबन्धन नमोबुद्ध नगरले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

नमोबुद्ध नगरको नगर प्रमुखमा कांग्रेसका उम्मेदवार कुन्साङ लामा र उप-प्रमुखमा नेकपा माओवादीका तर्फबाट उम्मेदवार रत्न लामा चुनावी मैदानमा उत्रनुभएको छ।

आज भकुन्डेबेसीमा आयोजित साझा संकल्पपत्र सार्वजनिककारण कार्यक्रममा नेपाली कांग्रेससहितको गठबन्धन दलहरु नेकपा एकीकृत समाजवादी नेता दिपक गौतम, कांग्रेस जिल्ला सभापति तिर्थ लामा, कांग्रेस काभ्रेका जिल्ला  उप-सभापति रमेश हुमागाईं लगाएतका नेताहरुको उपस्थिति रहेको थियो।

उहाहरुले संयुक्त रुपमा संयुक्त घोषणापत्र सार्वजनिक गर्नुभएको हो।

प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, विपद व्यवस्थापन, फोहरमैला व्यवस्थापन तथा सरसफाई, दलित समुदाय, महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, कला सस्कृति, भुमि माथिको नागरिक अधिकारका क्षेत्रमा जनतालाई राहत र जनताको हितको पक्षका विभिन्न कार्यक्रमहरुलाइ विशेष प्राथमिकता दिएको छ।

साझा संकल्पपत्रमा शिक्षा तर्फ एक शिक्षक एक ल्यापटप देखि एक वडा एक प्राविधिक, सडक, विभिन्न धर्म सस्कृतिका मठ मन्दिर, गुम्बा तथा चर्चको समक्षणको निम्ति ५० लाख सम्मको बजेटको व्यवस्था गर्ने सम्मको कार्यक्रमहरु रहेका छन्।

यस्तै सम्पूर्ण वडा समेट्ने गरि नगरको आम्दानि खर्चको मासिक बुलेटिन प्रकाशन गर्ने कार्यक्रम पनि साझा संकल्पपत्रमा समावेस गरेको छ।

संकल्पपत्र सार्वजनिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुर्यमान दोङ, नेपाली काँग्रेस काभ्रेका सभापति एवं संविधान सभा सदस्य तिर्थ लामा, प्रतिनिधि सभाका संसद गंगाबहादुर दोङ, नेकपा (एकिकृति समाजवादी) का जिल्ला सचिव दिपक गौतम लगायतको सहभागिता रहेको थियो ।

गठबन्धन नमोबुद्ध नगरको साझा संकल्पपत्र:-

 


प्रतिक्रिया दिनुहोस