पनौतीमा एमाले उम्मेदवारको प्रतिवद्धता पत्र सार्वजनिक, ३ महिनाभित्र २५ शैयाको नगर अस्पताल सञ्चालन गर्ने (प्रतिवद्धता पत्र सहित)

नौलो समाचार संवाददाता
२०७९ बैशाख १९, सोमबार मा प्रकाशित ५२६ पटक पढिएको
पनौतीमा एमाले उम्मेदवारको प्रतिवद्धता पत्र सार्वजनिक,  ३ महिनाभित्र २५ शैयाको नगर अस्पताल सञ्चालन गर्ने (प्रतिवद्धता पत्र सहित)

बैशाख १९, काभ्रे। नेकपा एमाले पनौती नगर कमिटीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पनौती नगरको प्रमुखका उम्मेदवार भीम न्यौपाने र उप–प्रमुखका उम्मेदवार गीता बञ्जाराले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो।

पनौती बसपार्कमा आयोजित प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो। प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, शहरी विकासलाई एमाले पनौती नगर कमिटीले विशेष प्राथमिकता दिएको छ।

कार्यक्रममा बोल्दै पनौती नगरपालिकाका प्रमुख पदका उम्मेदवार भीम न्यौपानेले ३ महिनाभित्र विशेषज्ञ सेवा सहित नगर अस्पताल सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

पनौतीमा निर्माणाधिन २५ शैयाको नगर अस्पताल आवश्यक जनशक्ति, औषधि, यन्त्र, उपकरण, प्रयोगशाला तथा विशेषज्ञ सेवा सहित ३ महिनाभित्र सञ्चालनमा ल्याइने बताउनुभएको हो । सबै नगरवासीको स्वास्थ्य बिमा गरिने समेत उहाँले प्रचिवद्धता जनाउनुभएको छ ।

प्रतिवद्धता पत्रमा पर्याप्त स्थान र सुविधा सहितको बसपार्कको व्यवस्थापन पहिलो प्राथमिकतामा राखेर काम गर्ने उल्लेख छ ।

वडाका प्रमुख केन्द्रसम्म पुग्नेगरी सडकहरुलाई कालोपत्रे वा ढलान गरी पक्की बनाउने, पुण्यमाता, रोशी, सुडीखोलाहरुको दायाँबाँया करिडोर निर्माण गर्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख छ।

एक घर, एक धारा कार्यक्रमलाई निरन्तरता दिई आगामी ५ वर्षभित्र सबै घरमा शुद्ध पिउने पानीको धारा पुर्याउने उहाँको प्रतिवद्धता छ।

यस्तै उप प्रमु्ख पदका उम्मेदवार गीता बञ्जाराले सबै वडामा कम्तिमा एउटा बाल उद्यान र सबै टोलहरुमा बालबालिकाहरुका लागि एक खेल मैदान बनाइने बताउनुभएको छ। यस्तै रोजगारी सिर्जनागर्नका लागि स्थानीय स्तरमा उत्पादित वस्तुहरुबाट हुने लघु उद्योग स्थापनालाई प्रोत्साहित गर्दै उद्योग स्थापनाका लागि अनुदान र उद्योग दर्ता प्रमाणपत्रको आधारमा सहुलियत ऋणको व्यवस्था मिलाइने प्रतिवद्धता पत्रमा जनाइएको छ।

प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटी उपाध्यक्ष रामहरी सुवेदी, एमाले काभ्रेका सह-सचिव राजकुमार सापकोटा, पनौती नगर अध्यक्ष सुरेश हुमागाँई, सचिव सन्तोष केसी लगायतको उपस्थिती रहेको थियो।

नेकपा एमाले पनौती नगर कमिटीको प्रतिबद्धता पत्र:-


प्रतिक्रिया दिनुहोस